सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सीता दाहालको राजकीय सम्मान सहित अन्तिम संस्कार

सीता दाहालको राजकीय सम्मान सहित अन्तिम संस्कार


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८०, बुधबार
सीता दाहालको पार्थिव शरीरमा माओवादीको झन्डा ओढाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। पशुपतिनाथस्थित आर्यघाटमा बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरू छोरी रेणु र गंगाले दागबत्ती दिएका छन्। हिन्दू परम्परा अनुसार सीताको अन्तिम संस्कार गरिएको छ।

उनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो। उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दल नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए।

यसअघि दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडा पुगेका थिए।

दाहालको पार्थिव शरीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झन्डा ओढाएका थिए। सेनाको एक टुकडीले राष्ट्रिय सम्मानस्वरूप अन्तिम सलामी दिएको थियो। मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको थियो।

दाहालको ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे हृदयाघातबाट निधन भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->