सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

श्रेष्ठ कर्म–कर्ण पत्रकारिता पुरस्कारबाट सम्मानित

श्रेष्ठ कर्म–कर्ण पत्रकारिता पुरस्कारबाट सम्मानित


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८०, शुक्रबार

पोखरा / पत्रकार दीपेन्द्र श्रेष्ठलाई कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ ।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले प्रदान गर्दै आएको पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिएको हो ।

श्रेष्ठलाई नगद १० हजार रुपैयाँ, फेटा, भाङ्ग्रा तथा सम्मानपत्रले सम्मान गरिएको हो । पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि.आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको थियो ।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थापना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ ।

यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->