सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कास्कीमा एक वर्षमा १५६ दुर्घटना ४५ को मृत्यु, चालक लापरवाहिले बढी दुर्घटना

कास्कीमा एक वर्षमा १५६ दुर्घटना ४५ को मृत्यु, चालक लापरवाहिले बढी दुर्घटना


  • विजय नेपाली
  • असार २९ २०८०, शुक्रबार

पोखरा / असार ४ गते पोखर हेमजामा बागलुङबाट पोखरा तर्फ आउँदै गरेको ट्याक्सीले हेमजामा जेब्राक्रसमा स्कुल जाँदै गरेको बालिकालाई ठक्कर दिदा उनको मृत्यु भयो । पोखरा महानगरपालिका २५ हेम्जास्थित चाक्ले कुलामा ध १ ज ९५२ नम्बरको ट्याक्सीले ९ वर्षिय बालिका रेखा लाम्गादेलाई ठक्कर दिएको हो । गम्भिर घाइते उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको थियो ।

बैशाख २८ गते विहिबार पोखरा महानगरपालिका ५ मालेपाटनमा जेब्राक्रसमै क्रेनले ठक्कर दिँदा एक माछापुच्छे गाउँपालिका वडा ४ लाहाचोककी ३८ बर्षिय धना अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यी दुबै दुर्घटनामा चालकको गम्भिर लापरवाहि देखियो । प्रहरीले घटनाको नापजाँच पश्चात मुचुल्का गर्दा घटनामा चालकको लापरवाहि देखियो । तिव्र गतिकै कारण जेब्राक्रसमै ज्यान गुमाउन पुगे । यी कास्कीका प्रतिनिधि उदाहरणमात्र हुन् । विगत एक वर्षमा कास्कीमा १ सय ५६ दुर्घटना हुँदा सबैभन्दा बढी दुर्घटना सवारी चालककै कारण भएको देखिन्छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय (ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेश) कास्कीले दिएको तथ्यांक अनुसार उक्त दुर्घटना हुँदा ४५ जनाको मृत्यु तथा एक सय २२ जना गम्भिर घाइते भएका छन् । घटनामा मृत्यु तथा घाइते हुनेमा पुरुषको संख्या बढिरहेको छ । तथ्यांकअनुसार सवारी चालकको लापरवाहिका कारण बढि दुर्घटना हुने गरेको छ ।

तिब्र गतिका कारण ७४ दुर्घटना भएका छन भने सवारी साधनको कारण २, यान्त्रिक गडबडी र ओभर लोडका कारण एक एक दुर्घटना भएका छन् । यस्तै यात्रुको कारण एक दुर्घटना भएको छ । सवारीमा झुण्डिएर यात्रा गर्दा दुर्घटना भएको तथ्यांक छ ।

ति दुर्घटनाको कारणमा सबैभन्दा बढी चालक लापरवाहि छ । चालक लापरवाहिमा पनि सबैभन्दा बढी तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । तिब्र गतिका कारण ७५, मादक पदार्थ सेवन १३, विना लाइसेन्स १३, ट्राफिक नियम उल्लंघन ४, जथाभावि ढोका खोल्दा, ओभरटेक गर्दा एक एक र अन्य कारण ४ रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता इन्द्र सुवेदीका अनुसार कास्कीमा सबैभन्दा बढी मोटर साइकल दुर्घटना भएको देखिन्छ । १२ महिनामा ९४ मोटारसाइकल दुर्घटना भएका छन् ।

ति बाहेक २५ जिप कार, १३ बस, ट्याक्टर ६, ट्रक ट्यांकर २, टिपर ४, माइक्रो ४ र साना सवारी ४ दुर्घटनामा परेका हुन् । यस्तै एक वर्षमा ३४ पुरुषले ज्यान गुमाएका छन् । यस्तै ८ महिला, २ बालक र १ बालिकाले ज्यान गुमाएका हुन् । गम्भिर घाइतेपनि पुरुषकै संख्या बढी छ । एक वर्षमा ७७ पुरुष, ३७ महिला, ५ बालक, ३ बालिकाको मृत्यु भएको हो । दुर्घटना जोखिम न्युनिकरण गर्नका लागि सवारी चालक नै सुध्रिनु पर्ने प्रहरी बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->