शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीबजारमा म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था

बेनीबजारमा म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था

शुद्धीकरण गरी उपभोक्ताको धारामा पुर्‍याइने ।


  • हरिकृष्ण गौतम
  • साउन ७ २०८०, आइतबार

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारमा नियमित खानेपानीको आपूर्ति गर्न म्याग्दी नदीबाट वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध हुन थालेपछि बेनपा–२ हाँडेभिरमा निर्मित सम्पवेलबाट बराहपाखो सामुदायिक वनमा रहेको टंकीमा पानी खसाइएको छ ।

नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको अनुदानमा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दी नदीमा निर्मित सम्पवेलबाटटंकीसम्म पाइपलाइन वल्डिङ्ग, पम्प जडान, ट्रान्सफर्मर तथा विद्युत मिटर जडान र अन्य निर्माण कार्य सम्पन्न गरिएको परीक्षणमा प्रतिसेकेण्ड १२ लिटर पानी आपूर्ति गर्न सफल भएको खानेपानी संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।‘अब म्याग्दी नदीको खानेपानीलाई शुद्धिकरण गरी उपभोक्ताको धारासम्म पु¥याउँछौ, अब विगतमा जस्तो खानेपानीको अभाव हुदैन,’ अध्यक्ष रेग्मीले भने ।

म्याग्दी नदीमा रहेको सम्पवेलमा ३ वटा पम्प जडान गरिएको छ जसमध्ये २ वटा पम्प एकैसाथ सञ्चालन गरिएको छ भने एउटा पम्प आपतकालिन अवस्थामा प्रयोग गरिने छ । तीनवटै पम्प प्रयोग गरेमा प्रतिसेकेण्ड १५ लिटर खानेपानी सेडिमेन्टेसन टंकीमा संकलन हुन्छ । बेनी–जोमसोम सडकखण्ड विस्तारको क्रममा ठेकेदारले पटकपटक पाइप फुटाएर मर्मतमा आनकानी गर्ने गरेकाले बेनीबजारमा खानेपानीको हाहाकार हुने गरेको थियो ।

संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २० हजार जनसंख्यालाईशुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत बेनीबजार र गलेश्वर बजारका ११ सय १६ घरधुरीमा धारा जडान गरिएको संस्थाका प्रबन्धक यामबहादुर विकले जानकारी दिए ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला,रिठ्ठाखर्क मुहान,डाडाखर्क मूहानबाट प्रति सेकेण्ड २५ लिटर र बेनपा–३ कोप्रेखोलाबाट प्रति सेकेण्ड ३ लिटर बराहपाखोमा रहेको ३ ओटा इन्टेक,३ वटा आरभिटीमा जम्मा हुने गरेकोको अवस्थामा बैकल्किप खानेपानीको बेनीबजार आसपासका क्षेत्रका बासिन्दालाई सहज भएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।बेनी खानेपानीको करिब १८० ओटा वितरण च्याम्बर रहेका छन् ।

म्याग्दी नदीको पानी कसरी शुद्धीकरण गरिन्छ ?

बेनी खानेपानीले विश्व स्वास्थ्य संगठनको मापदण्डका साथै राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गर्ने र नागरिकलाई खानेपानी वितरण गर्ने गरेको छ । हाल विभिन्न मुहानबाट ल्याइएको पानी जस्तै म्याग्दी नदीको पानीलाई करिब ८ सय ३० मिटर टाढाबाट १ सय १० एमएमको पाइपबाट ग्रिड च्याम्बरमा खसालिन्छ । ढुंगा, गिटी, झारपात यसमा छानिन्छ । त्यहाँबाट सेडिमेन्टेसन टंकीमा खसालेर धमिलो पानीलाई सङ्लो बनाइन्छ ।

त्यहाँबाट फिल्ट्रेसन टंकीमा पठाएर थप प्रशोधन गरिनेछ । त्यही पानीमा क्लोरिन मिसाइन्छ । यसरी शुद्धीकरण गरिएको पानी त्यसपछि मात्रै बेनीबजारका उपभोक्ताको धारामा पुग्छ । शुद्धीकरण प्रक्रियामा निरन्तर परीक्षण तथा निगरानी समेत गरिन्छ । बर्खाको समयमा धमिलो पानी संकलन भएपनि उपभोक्ताको धारामा पुग्ने बेलामा शुद्ध र सङ्लो बनाइन्छ । बेनी खानेपानीले समय समयमा ल्यावमा समेत लगेर खानेपानीको परीक्षण समेत गर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->