पोखरा/ पोखराको फेवातालबाँधबाट उत्पति हुने खोलालाई फुस्रे भनिन्छ । चुन मिसिएको सेतो (फुस्रो) पानी बग्ने भएकाले यसको नाम नै फुस्रे राखिएको हो । पोखरा १७ छोरेपाटनमा पुगेपछि त्यो खोला डेभिजफल बनिदिन्छ ।त्यहाँबाट तल झरेपछि फुस्रेखोलाकै नामले चिनिने यो खोला अन्ततः सेती नदीमा मिसिन्छ ।
तर, छोरेपाटनबाट तल लागेपछि यो खोला फिँजारिएर बग्छ । पोखरा १७ र २१ को बीचमा बग्ने फुस्रेखोला चाहिँ मााछा मार्ने तथा पौडी खेल्नेहरुको गन्तव्य बन्न पुग्छ । हिउँदमा पिकनिक जाने, गर्मी लागेपछि पौडीमा रमाउनेहरु पोखरा १७ मा रहेको पावरहासस तलको फिर्केमा पुग्छन् । त्यहाँ रहेको ‘रह’मा पौडी खेलेर रमाउँछन् । तर, त्यहाँ वर्षेनी दुखान्त हुनेगर्छ । हरेक वर्ष यो खोलाले मान्छे बगाउँछ/ज्यान लिन्छ ।
यो वर्ष पनि त्यस्तै भएको छ । पोखरा १७ को पावरहाउस नजिकको सोही ठाउँमा पौडी खेल्ने क्रममा एक किशोरले ज्यान गुमाएका छन् । शनिबार पोखरा ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवरलाई फुस्रेले निलेको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनलाई प्रहरीले साँझ करिब ८ बजेट खोंचमा फेला पारेको थियो । सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले उद्धारपछि उनलाई अस्पताल त पु¥यायो तर उनी रहेनन् ।
डाक्टरले उनलाई मृत घोषित गरिदिए । फुस्रेखोलामा बर्खामा मात्र नभएर हिउँदमा पनि यस्ता घटना हुँदै आइरहेको प्रहरीको भनाइ छ । डेभीड नामक स्वीस युवतीको बगेर मृत्यु भएपछि नैपाताले छाँगोपनि डेभिजफलमा रुपान्तरण भएको हो । सन् १९६१ को जुलाइ ३१ तारिखका दिन मध्यान्नमा फेवाभन्दा तल र पातले छाँगोभन्दा माथि नुहाउँदै गरेका स्वीस जोडीमध्ये डेभिडलाई बगायो । बगाएको तीन दिनपछिमात्र उनको शव भेटियो ।
डेभिडका पिताको चाहना पाताले छाँगोको नाम आफ्नी छोरी डेभिडज फल होस् भन्ने चाहन्थे तर नामाकरण गर्दा चाहिँ डेभीज बन्यो । पाँच सय मिटर भूमिगत जल प्रवाह र सय फिट गहिराइमा पुग्ने छाँगोले निरन्तर जल प्रवाह गरिरहने पाताले छाँगो पोखराको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।





