पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पाँचवटा औषधि पसल अनुुगमन गरेको छ ।
प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधि पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्तिबाहेक अन्यले औषधि बिक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नवीकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए ।
अनुुगमन टोलीले औषधिको मूल्यसूूची, म्याद नाघेका औषधिको व्यवस्थापनलगायतमा जानकारी लिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुुगमन गर्दै आएको छ ।





