बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

करले तातेको देवचुली : नगरपालिकामा ध्यानाकर्षण, उवासंघमा ताला

करले तातेको देवचुली : नगरपालिकामा ध्यानाकर्षण, उवासंघमा ताला


  • खगेन्द्र पराजुली
  • साउन ११ २०८०, बिहिबार

नवलपुर/ आर्थिक मन्दी, ब्यापार–व्यवसायमा गिरावट, ब्यवसायी पलायन, जस्ता नकारात्मक प्रभावका कारण प्रताडित भएका वेला नगरपालिकाले कर बढाएको भन्दै देवचुलीका व्यवसायी तथा सरोकारवाला संघसंस्थाकाले ध्यानाकर्षण जनाएका छन् ।

देवचुली उद्योग वाणिज्य संघले देवचुली नगरपालिकाले लागू गरेको नयाँ करको दायराप्रति सुरुमा आपत्ति जनाउँदै नगरपालिकामा पेश गरेको ज्ञापन पत्रको अभियानमा देवचुली होटल ब्यवसाय संघ हुँदै यहाँका बजार ब्यवस्थापन समिति समेतले वढाइएको कर घटाउन माग सहित डेलिगेसन लाई निरन्तरता दिइरहेका छन् ।

बुधवार दलदले वजार व्यवस्थापन समिति र प्रगतिनगर बजार व्यवस्थापन समितिका तर्फवाट नगरपालिकाले चालु वर्षमा बढाएको कर अहिलेको आर्थिक संकटका वेला अत्यन्त अव्यवहारिक भएकाले सच्याउन माग गरेका छन् ।

उता, उद्योग वाणिज्य संघ देवचुलीले दोहोरो भूमिका खेलेको भन्दै बजारवासी र ब्यापारी व्यवसायीले उवासंघ देवचुलीको कार्यालयमा तालाबन्दी गरेका छन् । गत जेठ २६ गते नगरपालिकाको राजश्व परामर्श समितिको बैठकमा उवासंघ देवचुलीका अध्यक्ष सूर्यप्रसाद दवाडी र उपाध्यक्ष तेजप्रसाद न्यौपाने समेतले नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको ऐन २०७० को मस्यौदा समितिवाट स्वीकृत गरी कार्यपालिकामा पठाउने निर्णयमा सहमति जनाएको खुलासा भएपछि आक्रोशित व्यवसायीले उद्योग वाणिज्य संघको कार्यालयमा ताला लगाएका हुन् ।

नगरपालिकाले भने ६ वर्षसम्म करमा वृद्धि नगरिएकोले यसपटक छलफल, सल्लाह सुझाव संकलन र अध्ययनका आधारमा कर सम्बन्धी प्रस्ताव पास गरिएको जनाएको छ । कोभिड कालमा ब्यवसायीको पीडालाई मध्यनजर गर्दै करमा छुट दिईएको तर यसपटक राजश्व वृद्धिका लागि पनि व्यवहारिक र वैज्ञानिक कर नीति लागु गरिएको जिकिर नगरपालिकाको छ ।देवचुली नगरपालिकाले गत वर्ष देवचुली उद्योग वाणिज्य संघ र नगरभित्र क्रियाशील वजार व्यवस्थापन समिति समेतको समन्वयमा घुम्ती शिविरमार्फत ब्यवसाय उद्योग दर्ता – नवीकरण अभियान चलाएको थियो । करको दायरा बढाउनुभन्दा करदाताको सहभागिता बढाएर राजश्व संकलनमा टेवा पुयाउने उदेश्य तेस्र्याएर यसै वर्ष कर वढाउनु व्यवसायी विरोधी मात्रै नभएर जनविरोधी कार्य भएको आक्रोशित व्यवसायी को मत छ ।

देवचुली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि जारी गरेको करमा ३३ प्रतिशत देखि ५ सय ३३ प्रतिसत सम्म कर वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->