शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ओडारमा बस्दै आएका राहुलको उद्दार

ओडारमा बस्दै आएका राहुलको उद्दार


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८०, बिहिबार

बेनी /बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा ढुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्दार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको बताइन् ।

शारिरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेका थिए । छोराहरुको मृत्यु, श्रीमतिले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका थिए । सो ओडर बेनी बजारदेखि करिब एक किलोमिटर नजिकको दुूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ ।

राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागेपनि रातमा चिसो हावा र पानीको बाछिता सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->