बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङका अनिश लागुऔषधसहित तनहुँमा पक्राउ

बागलुङका अनिश लागुऔषधसहित तनहुँमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८०, शुक्रबार

दमौली / जिल्लाको आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस प्रहरीले जाँच गर्दा बागलुङ नगरपालिका-३ का २१ वर्षीय अनिश विक पक्राउ परेका हुन् । प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ ।

अनिशविरुद्ध बिहीबार नै अदालतबाट १० दिनको म्याद थप गरिएको छ ।

यसैगरी, व्यास नगरपालिका-४ भोर्लेटारचोकबाट व्यास-१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर कामी गाँजासहित पक्राउ परेका छन् ।

कामीले पछाडि बोकेको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा १ किलो ९ सय ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । कामीविरुद्ध पनि तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->