बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङका विद्यालय आजदेखि ३ दिन बन्द

बागलुङका विद्यालय आजदेखि ३ दिन बन्द


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८०, शुक्रबार

बागलुङ / बागलुङ नगरपालिकाभित्रका सवै विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । आँखा पाक्ने रोग बालबालिकादेखि अभिभावकसम्म बढ्दै गएपपछि बागलुङ नगरपालिकाले बागलुङ नगरभित्रका सवै विद्यालय आजदेखि सोमवारसम्म बन्द गरेको हो ।

नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालय आगामी सोमबार सम्मका लागि बन्द गरिने निर्णय भएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वताए । संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यानध्यापक सहित विहिवार वसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिए ।

पोखेरेलका अनुसार शुक्रबार र आईतबार विद्यालय बन्द हुनेछन । नगरपालिकाले बिदाका अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो भाइरस एकबाट अर्कोमा सजिलै सर्ने भएको हुँदा सजक रहन सबैलाई आग्रह छ । यो भाइरस सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, एकले प्रयोग गरेको समान अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर मात्र औषधिको प्रयोग गर्ने कार्य गरेमा भाइरसबाट बच्न सकिने चिकित्सकको सल्लाह छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->