बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईईमा पुनर्योग गरेका चिल्ड्रेन लाईफका प्रतिकले प्राप्त गरे ४ जिपिए

एसईईमा पुनर्योग गरेका चिल्ड्रेन लाईफका प्रतिकले प्राप्त गरे ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८०, आइतबार

बागलुङ / माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका छात्र प्रतिक घिमिरेले ४ जिपिए प्राप्त गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गतसाल चैत १९ २९ सम्म सञ्चालन गरेको एसईईको परीक्षामा आफुले प्राप्त गरेको जिपिएमा चित्त नवुझेपछि प्रतिकले पुनर्योगका लागि निवेदन दिएका थिए । प्रकाशित परीक्षाको नतिजामा उनले ३.९५ जिपिए प्राप्त गरेका थिए ।

पुनर्योग गर्दा प्रतिकको ग्रेड परिवर्तन भएको छ । पुनर्योेगको नतिजामा उनले ४ जिपिए प्राप्त गरेका छन् । एसईई नतिजामा चित्त नबुझेपछि पुनर्योग गर्न पाइने व्यवस्था छ ।

यो नतिजासंगै बागलुङमा ४ जिपिए ल्याउने विधार्थीको संख्या ७ पुगेको छ । एसईई नतिजा अनुसार बागलुङका तीन सामुदायिक र एक संस्थागत विद्यालयका ७ जना छात्रछात्राले ४ जिपिए प्राप्त गरेका छन् । चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट ४ जिपिए ल्याउने विधार्थीको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->