सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जनाको जाहेरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जनाको जाहेरी


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

पोखरा / भुटानी शरणर्थी बनाई अमेरिका लैजाने भनी ठगी गरेको आरोपमा थप १८ जनाले जाहेरी दिएका छन् ।

सानु भण्डारी, केशव दलाल समेतको संयुक्त मिलेमतोमा भुटानी शरणर्थी बनाई अमेरिका लैजान्छु भनि प्रलोभनमा पारी १८ जनाबाट एक करोड ८५ लाख ९२ हजार रुपैयाँ भन्दा बढी ठगी गरेको भनि उनीहरुले जाहेरी दिएका हुन् ।

विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाण्डौ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुले आफु ठगीएको भन्दै ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दिएका हुन् ।

उक्त जाहेरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->