सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगियो (अपडेट)

घाइते १३ जनालाई उपचारका लागि काठमाडौं लगियो (अपडेट)

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८०, बुधबार

पोखरा / पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए । बुधबार बिहान काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस  गजुरी नधादिङकोजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ । घटनास्थलमा अहिले उद्धार भइरहेको छ । बस नदीमा खसेको हुँदा केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । नदीमा पानीको बहाव बढेकाले उद्धारमा कठिनाइ भइरहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->