शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जीप खसेर उत्तिसको रुखमा अल्झियो, ९ जना घाइते

जीप खसेर उत्तिसको रुखमा अल्झियो, ९ जना घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८०, आइतबार

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

‘सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको छ,’ वडाध्यक्ष क्षेत्रीले भने । घाइते सबै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ कै रहेका छन् ।

पोखरा-माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवार ग ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो । जीप बाटादेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->