पोखरा/ पोखरामा तीन वटा लायन्स क्लवको संयूक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, लयान्स क्लव अफ पोखरा पिस हिमालय सिटी र लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका वर्ष २०२३–२४ का अध्यक्ष तथा पदाधिकारीहरुलाई एकै पटक पदस्थापन गरिएको हो ।
गत जुलाईमा निर्वाचित पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यलाई निवर्तमान अध्यक्ष कल्पना आर्यालले, पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीलाई निवर्तमान अध्यक्ष ईश्वरीप्रसाद लम्सालले र गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठलाई मोहन अधिकारीले पदभार हस्तान्तरण गरेका थिए ।





