सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अस्ताए कम्युनिष्ट संस्थापक टेकनाथ

अस्ताए कम्युनिष्ट संस्थापक टेकनाथ


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

पोखरा/ वामपन्थी तथा मानव अधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । १९९६ साल जेठ ५ गते पोखराको नुवारथोकमा जन्मेका बराल युवावस्थामै वामपन्थी विचारधाराप्रति आकर्षित बनेका थिए । २०२५ साल जेठ ३० गते नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी–धौलागिरी) गठन गर्दा उनी त्यसका संस्थापक सदस्य थिए ।

उनीसहित कास्कीका रामचन्द्र अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’, म्याग्दीका कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी कास्की हेम्जाकै जयप्रसाद बास्तोला, कास्की हंसपुरका पुष्पकमल सुवेदी, पोखरा सराङकोटका मोदनाथ रेग्मी,अमरनाथ सुवेदी, गोपालनन्दन गिरी, जयप्रकाश बास्तोलालगायतका युवाहरुले भारतीय ‘नक्सलवादी’ आन्दोलनबाट प्रभावित भइ गण्डकीमा पार्टी खोलेका थिए । रगतले ल्याप्चे ठोकेर पार्टी सदस्यता लिएका टेकनाथ २०४६ सालको आन्दोलनमा बाममोर्चाको तर्फबाट जनआन्दोलनका कमाण्डर थिए ।

जीवनको उत्तरार्धमा भने उनले आफूलाई मानव अधिकारवादी नेताको रुपमा चिनाए । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । उनका श्रीमती, छोरा,३ छोरी र नातिनातिना छन् । उनको मंगलबार नै अत्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->