बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तोकेकै समयमा खानेपानीको अधिवेसन गरिने

तोकेकै समयमा खानेपानीको अधिवेसन गरिने


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८०, बिहिबार

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हाल गठन भएको तदर्थ समितिले तोकिएकै समयमा अधिवेसन गर्ने तयारी गरेको छ ।
बागलुङ नगरपालिकाले दिएको जिम्मेवारी पुरा गर्दै तत्काल अधिवेसन गर्ने तयारी गरेको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । जिम्मेवारी पाएको काममध्ये लेखा परीक्षक नियुक्त गरेर लेखा परीक्षण गर्ने काम थालिएको अध्यक्ष जयराम भारीले बताए ।

त्यस्तै खानेपानी संचालनका लागि लिफट् प्रविधिमा डिआइ पाइपको सट्टा जिआइ पाइप खरिद गरेर जडान गरिएको, आर्थिक हिसाबकिताबको खोजी गरेर पारदर्शी रुपमा राख्ने काम थालिएको हो ।
बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नियुक्त भएदेखिको एक महिनाको आय व्याय सार्वजनिक गरिएको थियो । साउन महिनामा १४ लाख रुपैयाँ महसुल उठेको अध्यक्ष भारीले जानकारी दिए । निर्माणको चरणमा भएकोले खर्च भने बढी आएको बताए । पाइपलाइन निर्माण, पाइप खरिद र बिद्युत महसुल बुझाउँदा साउन महिनामा ३१ लाख खर्च भएको उनले जानकारी दिए ।

नगरपालिकाले ९ बुँदे क्षेत्राधिकारसहित समिति गठन गरी खानेपानीको समस्या समाधान गर्न जिम्मा दिइएको थियो । यो अवधिमा समितिले अधिवेसनका लागि सदस्यता पनि खुलाएको छ । हाल ४ हजार बढी धारा जडान भएपनि मतदान अधिकार भएका १ हजार ७ सय मात्र छन् । ३५ दिने सूचनामार्फत सदस्यता खुलाइएकोले अधिकांस सदस्यता बन्न आउने पदाधिकारीले विश्वास गरेका छन् ।

यो अवधिमा रिठेखोला आयोजनाको पाइप मर्मत गरिएको, काम चुस्त बनाउन सहयोगी नियुक्त गरेको, लेखा परीक्षक तोकेको, कार्यालयमा सिसि क्यामेरा जडान, फर्निचरको व्यवस्थापन, सामानको रेकर्ड पद्दती आधुनिक बनाएको, कैलामपोखरीमा बिद्युत जडान भएको र संघ र प्रदेश सरकारमा पुगेर लिफ्टको बिद्युत महसुल अनुदान दिन माग गरिएको बताइएको थियो ।

पत्रकारको जिज्ञाशाको जवाफमा अध्यक्ष भारी र सदस्य निर्मलबहादुर श्रेष्ठले सकेसम्म ६ महिना अघिनै अधिवेसन गर्न सबै जिम्मेवारी पुरा गर्ने तयारी भैरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->