बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घरायसी विवादमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८०, बुधबार

दमौली / घरायसी विवाद हुदाँ तनहुँमा श्रीमान्‌ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले  ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब ११ बजे गोली लागेर गम्भीर घाइते भएकी गीताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए । प्रहरीले हत्याको आरोपमा मृतकका श्रीमान् श्रीप्रसादलाई गएराति नै नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण घटना घटेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->