बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नै छोरीलाई विष खुवाएर मार्ने सुष्मालाई तीन बर्ष कैद सजाय

आफ्नै छोरीलाई विष खुवाएर मार्ने सुष्मालाई तीन बर्ष कैद सजाय


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८०, बिहिबार

दमौली / आफ्नै छोरीलाई विष खुवाएर मारेको अभियोगमा थुनामा रहेकी सुष्मा विकलाई तनहुँ जिल्ला अदालतले तीन वर्ष कैदको फैसला गरेको छ ।

छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई अदालतले तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको हो ।

पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेकी सुष्मामाथिको मुद्दामा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले कैदसहित जरिवाना सजायको फैसला बुधबार सुनाएको हो ।

तनहुँको आँबुखैरेनी स्थित एक लजमा २०७७ को माघ १९ गते विष सेवन गरेको अवस्थामा आमाछोरी फेला परेका थिए ।

उनीहरुलाई होटल सञ्चालकले उपचारका लागि तत्कालै अस्पताल पुराएपनि छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । उपचारपश्चात् आमा सुष्मा भने निको भएकी थिइन ।

घटना हुँदा वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका सुष्माका श्रीमान मनोज विकले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीले सुष्मालाई २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्ध २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->