बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निशुल्क दन्त शिविरमा १८० जनाको परीक्षण

निशुल्क दन्त शिविरमा १८० जनाको परीक्षण


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८०, आइतबार

पोखरा / पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाको दन्त स्वास्थ्यको परीक्षण गराएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।

शिविरमा धेरैको दाँतको स्वास्थ्यमा हेलचक्राई गरिएको पाइएको आयोजकले जनाएको छ । उचित परामर्श नपाउँदा पनि यस्तो हुन सक्ने शिविरमा खटिएका दन्त विशेषज्ञको आँकलन छ ।

नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने हुँदा नियमित दाँतको चेकअप आवश्यक रहेको डेन्टल सर्जन सम्झना गौतमले बताइन् ।

साथै मानिसलाई दाँत÷मुख सम्वन्धि समस्याबाट हुने दुखाईबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज गर्नुपर्ने उनको भनाई छ ।

‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ । नियमित दन्त परिक्षणले तपाईको मुख स्वास्थ्यमा केही समस्या छ, छैन भन्ने पत्ता लगाउन मद्दत गर्छ र भविश्यमा त्यस्ता समस्या आउन सक्ने वा आइसकेमा तिनीहरुको उचित उपचारमा मद्दत मिल्छ ।

नियमित दन्त चेकजाँज गरौं, यसले तपाईलाई स्वस्थ पनि राख्छ भविश्यमा हुने ठुलो खर्च रकमलाई पनि जोगाउँछ ।’ गौतमले भनिन् ।

निशुल्क शिविरमा उल्लेख्य सहभागिता रहेको र धेरैले दन्त स्वास्थ्यको बारेमा जिज्ञासा व्यक्त गरेका वेष्ट भ्याली डेन्टल क्लिनिककी प्रमुख कार्यकारी अधिकृत सुभा कोइराला वाग्ले बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->