बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिपत जोखिम न्युनिकरण बारे वकृत्वकता

बिपत जोखिम न्युनिकरण बारे वकृत्वकता


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८०, शुक्रबार

बागलुङ/ बिद्यालय तहमा पढ्ने बालबालिकालाई बिपतबारे जानकारी दिंदा भविष्यमा हुने जोखिम न्युनिकरणमा सहयोग मिल्ने सरोकारवालाले बताएका छन् ।

बिपतबारे आम नागरिकले थाहा पाउनु पर्ने र त्यसको जोखिम न्युनिकरणका उपाय पनि थाहा पाउनुपर्ने उनीहरुको जोड थियो । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको जुनियर युवा रेडक्रस समितिको आयोजना र कालीगण्डकी आबासिय माबि युवा रेडक्रस सर्कलको सहआयोजनामा भएको बिपत व्यवस्थापनमा बिद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा सहभागिले आम नागरिकलाई बिपतबारे थाहा हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको प्राविधिक सहयोग समुदायमा आधारित वृहत स्वास्थ्य परियोजनाको सिसिबिएचपीले गरेको थियो । शुक्रबार भएको वक्तृत्वकलामा जिल्लाका ४३ बिद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा अमर आदर्श माबिका प्रान्जल पौडेल प्रथम भइन् । कक्षा ५ मा पढ्ने पौडेलले मावि तहका अन्य सहभागि न्दा अब्बल प्रस्तुती दिएकी थिइन् । प्रतियोगितामा सिद्दार्थ शिक्षा सदनकी सिम्रन सुवेदी, कालीगण्डकी आबासिय माबिका संजय राई तृतिय अमर माबि बिहुँका सफल कंडेल सान्त्वना भए । उनीहरुलाई भदौ १९ गते हुने नेपाल रेडक्रस सोसाइटी दिवशको अबसरमा पुरस्कार प्रदान गरिने बताइएको छ ।

समितिका संयोजक जीवननाथ शर्मा रेग्मीको अध्यक्षता, कालीगण्डकी आबासीय माबिका शिक्षक केदार शर्माको संचालन र कविराज जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले योजना बद्ध काम गर्दा बिपतबाट बच्न सकिने बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्य, उपसभापति सीता शर्मा, प्याब्सन बागलुङको अध्यक्ष दल थापा र एन प्याब्सन बागलुङका अध्यक्ष निसान खड्काले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->