सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

प्रचण्डलाई जमिन बाँड्दै हिँड्ने अधिकार छैन् : ओली

प्रचण्डलाई जमिन बाँड्दै हिँड्ने अधिकार छैन् : ओली


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८०, शनिबार
एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओली

बुटवल / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको जमिन बेच्दै हिँड्ने अधिकार नभएकाे बताएका छन्। शनिबार बुटवलमा एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

उनले बंगलादेश जाने बाटोको बारेमा बुझ्दै नबुझि प्रधानमन्त्रीले बंगलादेशसम्म जान दिने हो भने त्यो भूभाग छाडिदिने भनेको ओलीको भनाई छ। ‘अहिले जाने ले त के भन्छ् बंगलादेशसम्म जाने हो भने त्यो भूभाग छाडिदिन सकिन्छ। बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो,’ ओलीले भने।

साथै, उनले मन लागेको खण्डमा जमिन बाँड्न नपाउने उनले बताए।  ‘बंगलादेश जान बाटो नपाएको छ र हामीले? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ? पैतृक सम्पत्ति हो देशको जमिन। प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन,’ ओलीले भने, ‘नेपालको भूभाग अखण्ड छ। हाम्रो देशको एक ईन्च जमीन पनि कसैले टुक्रयाउन पाइँदैन।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->