बागलुङ/ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा सम्मानित भएका छन् । गुहेली युनिक सञ्चार सहकारी संस्थाको १७ बार्षिक साधारणसभा तथा स्थापना दिवसमा बोहरालाई सम्मान गरिएको हो ।
सञ्चार क्षेत्रमा रहेर सहकारीको प्रबद्र्धनमा योगदान पु¥याएको भन्दै सहकारीले स्थापना गरेको कलागौरी स्मृति कोषबाट बोहोरालाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापाले दोसल्ला ओडाएर बोहरालाई सम्मान गरिन् । प्रशंसा पत्र र नगद सहित सम्मान गरिएको सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले बताए । बोहरासँगै सहकारीले उक्त कोषबाट जेष्ठ शेयर सदस्य प्रमानन्द जैसीलाई पनि सम्मान गरेको छ ।
त्यस्तै, सहकारीले शेयर सदस्य रहेका राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तेजबहादुर थापा ‘तिलक’लाई पनि सम्मान गरेको छ । थापा केही दिनअघि राजमोको जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै शिक्षा उपसमितिका सदस्य कर्णबहादुर थापा र उत्कृष्ट बाल बचतकर्ता अनुसा थापालाई पनि सम्मान गरिएको थियो ।





