पोखरा/पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले विभिन्न खेलकुद प्रतियोगितासहित तीज सांस्कृतिक महोत्वसको आयोजना गर्ने भएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लालाई नै समेट्ने गरी आयोजना हुन लागेको महोत्सव यही भदौ २५, २६ र २७ गते कोमागाने पार्कमा हुने संयोजक तथा टेवानका अध्यक्ष कमला गिरीले बताइन् ।
उनका अनुसार महिला भलिबल, दौड, तीज गीतलगायतका प्रतियोगिताका विजेताले नगदसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यसै गरी स्वदेशी तथा विदेशी खानाका स्टल, गण्डकी प्रदेशका ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरूको बजारीकरण, सांस्कृतिक कार्यक्रम सहितका मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकको भनाइ छ ।
महोत्सव सञ्चालन गर्न १५ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ । सो खर्च देश विदेशबाट प्राप्त हुने सहयोगबाट व्यवस्थापन गरिनेछ । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष लक्की कार्कीले संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताइन् ।





