शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हेमजा साहित्य प्रतिष्ठानमा मोतीरामको चर्चा र प्रशिक्षण

हेमजा साहित्य प्रतिष्ठानमा मोतीरामको चर्चा र प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८०, आइतबार

पोखरा/ हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चाका साथै गजल प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मोतीराम भट्टले नेपाली भाषा साहित्यमा दिएको योगदानको तुलना नै हुन नसक्ने बताए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले हेमजा साहित्य प्रतिष्ठान यस क्षेत्रको एउटा गौरवका रूपमा अगाडि बढेको देख्दा आफूलाई निकै खुसी लागेको धारणा राखे ।
नेपाली साहित्य समाज अनेसास गण्डकी समितिका महासचिव असफल गौतमले नेपाली भाषासाहित्य सिर्जना र संगठनका अलौकिक र प्रेरक आधिकारिक प्रतिभाका रूपमा मोतीराम भट्टलाई चिनाए ।
मुख्य प्रशिक्षक अनुराग अधिकारीले सिकाइ कहिल्यै पनि पूरा नहुने भएकाले भाइबहिनीले सिकेका कुरा दैनिक जीवनमा लागू गर्न साधनाको सधैँ खाँचो रहने बताए ।

कार्यक्रम संयोजक सुनिल गायकले प्रतिष्ठानका गतिविधिमा सहभागी हुँदै आउँदा आज मोतीराम जयन्तीको सन्दर्भमा कार्यक्रम संयोजन गरेर पछिल्लो पुस्ताका भाइबहिनीलाई गजलप्रति आकर्षित गर्न पाउँदा आफूलाई गौरवबोध भएको धारणा राखे ।
प्रतिष्ठानका सचिव परशुराम अधिकारीले प्रतिष्ठान स्थापनाको रजतवर्षमा वार्षिक नियमित कार्यक्रमबाहेक २५ फरक–फरक प्रकृतिका विशेष कार्यक्रमअन्तर्गत पोखरा प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा नवौं कार्यक्रम मोतीराम भट्टको व्यक्तित्व तथा कृतित्वको परिचर्चा र गजल प्रशिक्षण राखेको बताए ।

अध्यक्ष बलराम पौडेलले भदौ २३ गते आयोजना हुने गजल प्रतियोगितालाई सफल पार्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->