बागलुङ/ ओली एण्ड एसोसिएटले ग्लोबल एजुकेशन एक्स्पो गर्ने भएको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत र अमेरिका जाने बिद्यार्थीका लागि लक्षित गरेर उक्त एक्स्पो गर्न लागिएको एसोसिएटका बागलुङ शाखा प्रबन्धक गणेश पौडेलले बताए ।
उच्च शिक्षा पढ्नका लागि ती देशमा जान चाहने युवाका लागि प्रारम्भिक सूचना प्रवाह, जानकारी र आवस्यक भाषा र प्रक्रियाबारे अध्यापन गर्ने काम समेत एसोसिएटले गर्दै आएको छ । बिगत १० बर्षदेखि काम गर्दै आएको संस्थामा अध्ययन गरेकाहरुले बर्षेनी ५० बढीले अमेरिका र अष्ट्रेलिया लगायतका देशमा जाने अबसर पाएको पौडेलले बताए । भदौ १९ गते उक्त एक्स्पोमा दुइसय बढी युवा सहभागि हुने उनीहरुले दावी गरेका छन् ।
पढ्न गएका बिद्यार्थीले कति समय काम गर्न पाउँछन् र त्यसबाट कसरी कमाइ गर्न सक्छन् ? भन्ने कुरा सिकाउन पनि एक्स्पो गरिन लागिएको काउन्सिलर धना शर्माले जानकारी गराइन् । उनले आम बिद्यार्थीको सामाजिक सुरक्षाका लागि पनि सम्बन्धित देशका कलेज तथा कम्पनीमा निरन्तर सम्पर्क गरेर समन्वयात्मक भूमिका खेल्ने गरिएको बताइन् । सम्बन्धीत देशमा पुगेर काम गरेका, पढेका तथा अन्य प्रशासनिक कामबारे जानकार राख्ने बिज्ञहरुको उपस्थितिमा युवा तथा बिद्यार्थीलाई अभिमूखीकरण गरिने कार्यक्रम राखिएको हो ।





