बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा सवारी जरिवाना भुक्तानी विद्युतिय माध्यमबाट हुने

बागलुङमा सवारी जरिवाना भुक्तानी विद्युतिय माध्यमबाट हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८०, सोमबार

बागलुङ/ बागलुङमा विद्युतिय माध्यामबाट यातायात क्षेत्रको जरिवाना भुक्तानी सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले टिभिआरएस सिस्टममार्फत बिद्युतिय भुक्तानी सेवा सुरु गरेको हो ।

सवारी साधनलाई कारवाही स्वरुप गरिने जरिवानालाई बैंकिङ प्रविधिमार्फत भुक्तानी गर्ने यो सिस्टम बागलुङमा पहिलोपटक सञ्चालन हुन लागेको हो । नगदबाट भूक्तानि कम पारदर्शी हुने भएकाले विद्युतिय भुक्तानीमार्फत जरिवानालाई पारदर्शी बनाउन लागिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मिनबहादुर खड्काले बताए ।

प्रबिधिमार्फत भुक्तानी हुने जरिवाना सिधै नेपाल सरकारको राजश्व खातामा जम्मा हुने व्यवस्था मिलाईएको छ । राष्ट्रिय बाणिज्य बैंकको बागलुङ शाखा र कुश्मीशेरा शाखाबाट भुक्तानी हुने व्यवस्था मिलाईएको छ । ट्राफिक प्रहरीले सुरु गर्न लागेको नयाँ सिस्टम सञ्चालनका लागि आवश्यक कम्प्युटरको भने कार्यालयमा अभाव थियो । कहिले कुन त कहिले कुनै कार्यालयको सहयोग माग्दै चलेको प्रहरीले कम्प्युटर सहयोग पाएको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना बागलुङ खण्ड कलोपत्रेको काम गरिरहेको सिद्धिशाही गौतम जेभी कन्ट्रक्सनले ट्राफिक प्रहरीका लागि कम्प्युटर सहयोग गरेको हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरेर आयोजना कार्यालयले उक्त कम्प्युटर सहयोग गरेको छ । ‘हामिलाई सिस्टम सुरु गर्न कम्प्युटरकै अभाव थियो, अब सिस्टम सुरु हुन्छ’ खड्काले भने ‘सवारीलाई गरिने जरिवानाको चिट कार्यालयमा दर्ता भएपछि विद्युतिय भुक्तानी हुन्छ, बैंकको भौचर बुझाएपछि सवारीले आफ्नो कागजात फिर्ता पाउँछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->