बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ईस्कोनले मालढुङ्गाको लक्ष्मीनारायण मन्दिरमा कृष्णजन्माष्टमी मनाउँदै

ईस्कोनले मालढुङ्गाको लक्ष्मीनारायण मन्दिरमा कृष्णजन्माष्टमी मनाउँदै


  • श्याम गैरे
  • भाद्र २० २०८०, बुधबार

बागलुङ / श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि श्रीकृष्णजन्माष्टमी पर्वलाई आज भव्यताका साथ मनाउदैछ ।

बागलुङ नगरपालिका-१, मालढुङ्गा कालीगण्डकी तटमा अवस्थित धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा श्रीकृष्णजन्माष्टमी मनाउन लागेको हो।

उक्त अवसरमा इस्कोन बागलुङले दिउँसो ४ बजेबाट ७ बजेसम्म औपचारिक कार्यक्रम र राती १२ बाजेसम्म भजन कृतन, लीला प्रवचन, नाटक, नृत्य, दिपदान, महाअभिषेक र सांस्कृिक कार्यक्रम प्रस्तुत हुने साथै उक्त ठाउँमा आवत जावतको निम्ति कार्यक्रम अवधिभर जीपपार्क बाट निस् शुल्क बस सेवा सञ्चालन गर्ने जगतगुरु गिरिधारी दासले बताए।

भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
जब जब पृथ्वीमा ठूलाठूला संकटहरु आइ पर्छन् तव-तव भगवानले आफ्नो अवतार रुपमा यस धरधाममा जन्म लिइ असत्य माथि सत्यको विजय गराउन महत्वपुर्ण भूमिका खेलेको व्यहोरा वैद्विक बाङमयमा उल्लेख छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->