सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कृषि ज्ञान केन्द्र समन्वयमा सार्न प्रस्ताब

कृषि ज्ञान केन्द्र समन्वयमा सार्न प्रस्ताब


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८०, बिहिबार

बागलुङ, २१ भदौ– जिल्लाबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका सांसद, बिभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधिको बैठकले कृषि ज्ञान केन्द्रलाई अर्को व्यवस्था नभएसम्म जिल्ला समन्वयमा सार्न आग्रह गर्ने निर्णय गरेका छन् ।
जिल्ला स्तरीय समीक्षाको बेला उपस्थित भएका उनीहरुको बैठकले बागलुङ नगरपालिकाले आबस्यक भवन निर्माण नगरुन्जेल ज्ञान केन्द्र स्थानान्तरण गर्ने र पछि पुनः व्यवस्थापन गर्न पहल गर्न निर्णय गरेको बताए । उक्त निर्णय अनुसार प्रदेश सरकार र जिल्ला समन्वय समितिलाई उनीहरुले आग्रह गर्ने बताए ।
जिल्ला समन्वय समितिको भवनमा केही कोठा खाली रहेकोले कृषि ज्ञान केन्द्र सारेर नगरपालिकाले हालको स्थानमा पक्की भवन निर्माणको काम थाल्न चाहेकोले त्यसका लागि पनि सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको हो । ‘सबै सांसदले साझा कुरा लिएर जाँदा सरकारले पनि मान्नुपर्छ’ माओवादी सचेतक कुशुम बुढा मगरले भनिन्, ‘जनगुनासोलाई सम्बोधन गर्दै जान सकेमा राम्रा काममा सबैको साथ पाइन्छ ।’
नगरपालिका हाल ५ स्थानमा छरिएर बसेको छ । नगरपालिका बसेको तत्कालिन कृषि विकास कार्यालयको जग्गा र भवन हो । ज्ञान केन्द्रलाई अर्को व्यवस्था नभइन्जेल समन्वयमा राख्न सकेमा नगरपालिकाले भवन निर्माण गरी दुवै कार्यालय संचालन गर्न सक्ने व्यवस्थापन गर्ने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । बैठकले जिल्लाका दशवटै पालिकाहरुको उत्पादन तथा पहिचानका बस्तुहरु राख्ने कोसेली घर सदरमुकाममा बनाउने निर्णय गरेको छ । त्यसको अगुवाइ नगरपालिकाले गर्ने छ ।
बैठकले निर्माणाधिन राष्ट्रिय गौरवका आयोजना समयमा सक्न बागलुङका जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले नयाँ दिर्घकालिन योजनाको प्रस्ताव बनाउन गर्न बागलुङ नगरपालिकालाई जिम्मा दिने निर्णय गरेका छन् । कार्यक्रममा सहभागिहरुले सदरमुकाममा अबस्थित भएकोले कतिपय महत्वपूर्ण विकासको काममा बागलुङ नगरले अगुवाइ गर्नुपर्ने धारणा राखेका छन् । ‘पार्टीको रुपमा हामी फरक फरक भएपनि जिल्ला र नगरको हितमा ल्याउने योजनामा एक ठाउँमा छौं’ एमाले नेता तथा प्रदेशसभाका सदस्य कृष्ण पाठकले भने, ‘सबै जनप्रतिनिधि मिल्दा जिल्लाको विकासमा योगदान पुग्छ ।’
जिल्लाको दिगो विकास र समृद्धिका लागि योजना आयोगसहित सबै सांसद, मन्त्री र जनप्रतिनिधि तथा सरोकारवाला र बिज्ञ टोलीको बृहत भेला गरी दिगो विकासका योजना निर्माण गर्ने समेत बैठकले निर्णय गरेको हो । उक्त बैठकमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चम्पा खड्का, कांग्रेस सभापति तथा सांसद जितबहादुर शेचरन, डिल्लीराम सुवेदी, द्रोण कुँवर लगायतले सुझाव दिएका थिए ।
उक्त अबसरमा तमानखोलाका अध्यक्ष जोकलाल बुढा, बडिगाडका अध्यक्ष गण्डकी थापा, काठेखोलाका अध्यक्ष राजु थापा र निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती समेतले आबस्यक सुझाव पेश गरेका थिए ।

नगरप्रमुख श्रेष्ठले मध्यपहाडी लोकमार्गको सडक बिस्तार भैरहेपनि मालढुंगादेखि बागलुङ बजार खण्डलाई बेवास्ता गरिएकोले प्रदेशसभा र प्रदेश सरकारमा यो बिषयले प्रवेश पाउनुपर्ने सुझाएका थिए । त्यस्तै मापदण्ड बिपरितका संरचना हटाउने अभियान चलेको जानकारी गराए । बिद्यालय शिक्षाको बिषयमा एकीकृत कानून नहुँदा पालिका पिच्छे फरक फरक कार्यविधि बनेकोमा शिक्षकको सरुवा, बढुवा र लागत राख्ने काममा समस्या भएको पालिकाका प्रमुखहरुको चिन्ता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->