बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

७६ वर्षीया महिलालाई करणी गरेको आरोपमा बाबुराम पक्राउ

७६ वर्षीया महिलालाई करणी गरेको आरोपमा बाबुराम पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८०, शुक्रबार

लमजुङ /  ७६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको फरार आरोपित १ जना पुरुषलाई लमजुङ  प्रहरीले पक्राउ गरेको छ । जंगलमा लुकिछिपि बसेको अवस्थामा आरोपित राईनास नगरपालिका-६ बस्ने ५० वर्षीय बाबुराम सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सार्कीमाथि राति घरमा एक्लै सुतिरहेको आवस्थामा शारीरिकरुपमा कमजोर भएकी वृद्धालाई जबर्जस्ती करणी गरेको आरोप छ । गत भदौ १५ गते करणी भएको भन्दै महिलाले हारगुहार गरेपश्चात् घटनास्थलबाट फरार भएका सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले वताए ।

मंगलबार पक्राउ गरिएका उनलाई जिल्ला अदालतमा लमजुङबाट बिहीबार पहिलो पटक ५ दिनको म्याद थप लिई जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->