बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेसिज वर्ष सम्मान’ गौतम र कँडेललाई

जेसिज वर्ष सम्मान’ गौतम र कँडेललाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

बागलुङ/ बागलुङ जेसिजले हरेक वर्ष प्रदान गर्ने ‘जेसिज पर्ष सम्मान’ यो वर्ष शिक्षा र प्रविधिको क्षेत्रमा उत्कृष्ट युवाहरूलाई प्रदान गरिएको छ । जिल्लामा शिक्षा क्षेत्रमा उत्कृष्ट अङ्क ल्याउने धवलागिरि बुहुमुखी क्याम्पसकी छात्रा प्रतिक्षा गौतम र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेका टेकनारायण कँडेललाई सम्मान प्रदान गरिएको हो ।

गौतमले धवलागिरि बहुमुखी क्याम्पसबाट बिबिए सातौँ सेमेस्टरमा त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजा (चार जिपिए) ल्याएकी थिईन् । देशभरमै चार जिपिए ल्याउने एक्ली छात्रा बनेर बागलुङ र गण्डकी प्रदेश चिनाएको भन्दै जेसिजले उनलाई सम्मान गरेको हो ।

बागलुङका ग्रामीण क्षेत्रमा इन्टरनेट र सिसीटिभी नेटवर्क विस्तार गरिरहेका कँडेललाई दुर्गममा सेवा प्रदान गरेवापत सम्मान गरिएको जेसिज बागलुङका महासचिव एञ्जिला शाक्यले बताइन् ।

जेसिजले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान युर्याउने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूबाट छनोट गरेर सम्मान गर्ने गरेको छ । बागलुङ जेसिजको स्थापना दिवसका अवसरमा आयोजना गरिएको जेसिज सप्ताहको उद्घाटनका अवसरमा उक्त सम्मान प्रदान गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उहाँहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->