बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तीजको विशेष कार्यक्रममा सेल्टरदाता महिलाहरु सम्मानित

तीजको विशेष कार्यक्रममा सेल्टरदाता महिलाहरु सम्मानित


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

काठमाडौं/ तीजको अवसर पारेर नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले सेल्टरदाता महिलाहरुलाई सम्मान गरेको छ । पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएका सेल्टरदाता वृद्ध महिलाहरुलाई पार्टीका केन्द्रिय सचिव पद्मा अर्यालले सम्मान गरेकी हुन् ।

सम्पर्क मञ्चको महिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको महिला भेला तथा तीज विशेष कार्यक्रममा जिल्लाका छ जना वृद्ध महिलालाई केन्द्रिय सचिव अर्यालले दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गरिएको सम्पर्क मञ्चका सचिव ओम केसीले वताए ।

बागलुङ नगरपालिका–३ का मुम कुमारी गौतम, काँठेखोला–७ का देवका कार्की, बरेङ गाउँपालिका भागीरथी गिरी, निसीखोला गाउँपालिकाका थानकुमारी सापकोटा, ढोरपाटन नगरपालिका विमा भट्टाराई र याम कुमारी पौडेललाई सम्मान गरिएको हो ।

उनीहरुले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लामो समयसम्म सेल्टर दिएर पार्टी निर्माणका काममा महत्वपूर्ण योगदान दिएकोले तीज विशेष कार्यक्रमको अवसर पारेर सम्मान गरिएको सम्पर्क मञ्चका अध्यक्ष अर्जुन सापकोटाले वताए ।

सो अवसरमा पार्टीका केन्द्रिय सचिव पद्मा अर्यालले पार्टी निर्माणमा योगदान दिएका आमाहरुलाई सम्मान गर्न पाउदा खुुशी लागेको वताउदै तीज पर्वलाई सिर्जनात्मक र रचनात्मक रुपले मनाएकोमा सम्पर्क मञ्चलाई धन्यवाद दिईन् ।

विगतको तीज पर्वलाई स्मरण गर्दै प्रमुख अतिथि अर्यालले पहिला पहिला महिलाहरुले तीजलाई दुःखसुख साट्ने मिलन चौतारीको रुपमा मनाउने गरिएको वताईन् । ‘अव हामीले यसलाई अधिकारको लागि लडाई लड्ने पर्व र आर्थिक क्रान्तिको रुपमा मनाउनु पर्छ’, एमाले सचिव अर्यालले भनिन्, ‘महिला र पुरुष सहकार्य गर्दै आर्थिक रुपमा महिलालाई सवल र सक्षम नबनाईकन समृद्धी सम्भव छैन् । अवको तीजलाई यही रुपमा मनाउनु पर्दछ ।’ सो अवसरमा सचिव अर्यालले महिला अधिकारको विषय समेटीएको तीज गीत समेत गाएर सहभागी महिलालाई खुशी बनाईन् ।

सो अवसरमा सम्पर्क समन्वय कमिटीका सदस्य एवं बागलुङ इन्चार्ज अमृता अधिकारीले शुभकामना मन्तब्य राख्दै महिलाहरुले तीजलाई नेपाली परम्परा अनुसार सिर्जनात्मक र रचनात्मक रुपमा मनाउदै आर्थिक समृद्धीको पक्षमा महिलाहरु लाग्नुपर्नेमा जोड दिईन् ।

सम्पर्क मञ्चका उपाध्यक्ष ममतादेवी गैरेको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव सचिता गौतमले सञ्चालन र सदस्य प्रेम कुमारी भण्डारीले स्वागत मन्तब्य राखेकी थिईन् । सो अवसरमा गण्डकी सम्पर्क मञ्चका सदस्य एशोदा थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बागलुङबाट काठमाडौं आएर स्थायी अस्थायी रुपमा वसोवास गरेका महिलाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->