बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अनियमितता मुद्दामा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुखसहित आठै जनाले पाए सफाई

अनियमितता मुद्दामा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुखसहित आठै जनाले पाए सफाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८०, आइतबार

बागलुङ/ बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठै जनाले सफाई पाएका छन् । बिशेष अदालका न्यायधिश द्वय यमुना भट्टराई र खुशी प्रसाद थारुको इजलाशले उनीहरुलाई आईतबार सफाई दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्क निर्माणमा गैह्रकानुनी लाभ लिएको भन्दै बिषेश अदालतमा मुद्धा दायर गरेको थियो । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनीहरु स्वत निलम्बनमा परेका थिए ।

अनुगमन समिति प्रमुखसमेत रहेका तत्कालिन उप–प्रमुख खड्का, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव– इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माले सफाई पाएका हुन । बिशेष अदालतका इजलाश अधिकृत होमनाथ कँडेलले आईतबार दैनिक पेशीको सूचना जारी गर्दै उनीहरुले सफाई पाएको उल्लेख गरेका छन् ।

तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेललाई पनि नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारि गरेको भन्दै मुद्दा दायर गरिएको थियो उनले पनि सफाई पाएका छन् ।

फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको अख्तियारको आरोप थियो । उनीहरुलाई अख्तियारले ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->