बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मालिका सेवा समाजको सहयोग

मालिका सेवा समाजको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८०, सोमबार

बागलुङ/ मालिका सेवा समाज बागलुङले प्राणघातक रोग लागेका गणेशबहादुर थापा र दुर्घटनामा घाइते भएका दीपक किसानलाई उपचार खर्च सहयोग गरेको छ । समाजले आईतबार बागलुङ बजारमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई जनही २० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको हो ।
बागलुङ नगरपालिका–९ तित्याङका निवर्तमान वडा अध्यक्षसमेत रहेका युवा राजनीतिककर्मी गणेशबहादुर थापा हाडको क्यान्सरबाट पीडित छन् । उनको नेपालमा उपचार हुन नसकेपछि भारतको चेन्नइस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

उनको उपचारका लागि एक करोड नेपाली रुपैयाँभन्दा धेरै खर्च हुने भएकाले खर्च जुटाउन ‘गणेशबहादुर थापा उपचार सहयोग अभियान’ सञ्चालन भइहेको छ । थापाको उपचारमा सहयोग पु¥याउन समाजको तर्फबाट सानो सहयोग गरेको समाजका अध्यक्ष जीवनाथ शर्माले बताए । समाजले अभियानका संयोजकलाई नगद प्रदान गरेको थियो ।

मोटरसाईकल दुर्घटनामा घाईते भएका बागलुङ नगरपालिका–५ मालिकाका दिपक किसानलाई पनि उपचार खर्च अभाव भएकाले समाजले सहयोग गरेको हो । न्युन आय भएका परिवारका किसान दुर्घटनामा परी शरीरका बिभिन्न भागमा चोट लागेको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । किसानको उपचारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->