बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘यातायात क्षेत्रलाई युग सुहाउँदो बनाऔं’

‘यातायात क्षेत्रलाई युग सुहाउँदो बनाऔं’


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८०, मंगलबार

बागलुङ/ यातायात व्यवसायको क्षेत्रलाई अनुसाशित, युगसुहाउँदो र मर्यादित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । देशको कुल राजश्वको प्रमुख भाग ओगट्ने यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण र आँफैमा रहेका समस्याको सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड थियो ।

धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि. बागलुङको चौंथो साधारणसभा तथा दोस्रो अधिबेशनलाई बागलुङमा उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलले देशमा रहेका रोजगारीका क्षेत्रलाई मर्यादित बनाउन आग्रह गरे । रोजगारीका क्षेत्र मर्यादित नभएकै कारण युवाहरुको बिदेश पलायन बढेको उनको तर्क थियो । ‘आज काम गर्ने युवाहरुले आफ्नै कामलाई मयाँ गरिरहेको छैन्, कामको सम्मान नभएकै कारण युवा पलायन बढ्दो छ’ श्रेष्ठले भने ‘यातायत क्षेत्रलाई पनि मर्यादित बनाउँ, कामको सम्मान र कामप्रति गर्भ गर्न सिकौं ।’

श्रेष्ठले सवारी साधनको नम्बर प्लेटको रंगले समेत बिभेद सिर्जना गरिरहेको टिप्पणी गरे । ‘कालो प्लेट चड्ने समान्य मान्छे, रातो चड्ने ठुलाबढा भन्ने मानसिकताको बिकास गरिँदै छ, सडकमा ट्राफिक प्रहरीले समेत रातो प्लेट प्राथमिकतामा राख्छ’ उनले भने ‘नम्बर प्लेट सबैको एकै रंगको बनाउनु पर्छ, सबैले समान हिसावले सावारी चड्ने वातावरण हुँदा सवारी साधनको आयात समेत घटाउन सकिन्छ ।’

नगर प्रमुख श्रेष्ठले सवारी चालकले गुरुको मर्यादा राख्नसक्नुपर्ने बताए । चालकलाई यात्रुले गुरुको उपमा दिने तर चालकले त्यसको मर्यादा राख्न नसके दुर्घटना बढ्ने उनको तर्क थियो । सरकारले पनि यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर यसको बृत्तिविकासमा ध्यान दिनुपर्नेमा श्रेष्ठले जोड दिए ।

पृथ्वी यातायात सेवा प्रा.लिका अध्यक्ष योगेन्द्र बहादुर केसीले नीजि क्षेत्रमा सबैभन्दा धेरै लगानी भएको क्षेत्र यातायात क्षेत्रमा देश र यहाँका राजनीतिक दलको नजर कम पुग्ने गरेको बताए । राजश्व अशुलिका लागि मात्रै यातायात क्षेत्र सम्झिने गरेको उनले गुनासो गरे । यातायात क्षेत्रमा रहेका कमिकमजोरीको सुधारका लागि समेत व्यवसायीलाई केसीले आग्रह गरे । ‘चोर औंला सरकारप्रति ठड्याईरहेका छौं, ठिक छ, तर चारवटा औंला आँफैतिर फर्केका छन्, सरकारलाई मात्रै दोस दिएर हुँदैन्, हामि सुधारिन आवश्यक छ’ केसीले भने ‘एसि बस भनेर भाडा अशुल्ने, डिलक्स बस चडाउने गर्ने प्रबृत्तिको पनि अन्त्य गरौं ।’

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १ का अध्यक्ष जय बहादुर खत्री, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, वडा नं. ३ का अध्यक्ष सनि केसी, पर्वतको जलजला गाउँपालिका–८ का अध्यक्ष विकास जिसी, जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का, प्रा.लिका पूर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, धबागलुङ भगवती यातायात प्रा.लि.का अध्यक्ष भुपेन्द्र खड्का, पत्रकार महासंघका सह–सचिव तारानाथ आचार्य लगायतले बोलेका थिए ।

कम्पनीका अध्यक्ष उमेश केसीको अध्यक्षता, प्रबन्ध सञ्चालक राजन जोशीको सञ्चालन र सञ्चालक उमाकान्त शर्मा ‘बाबु’को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->