सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा जाने हेलिकोप्टर दाङ पुगेपछि …

पोखरा जाने हेलिकोप्टर दाङ पुगेपछि …


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८०, बुधबार
देउखुरीको राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकम्मिक अवतरण गरेको हेलिकोप्टर ।

दाङ / मौसम खराबीका कारण दाङमा हेलिकोप्टरको आकस्मिक अवतरण भएको छ । हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकोप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगण लालमटियामा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

पाइलटसहित पाँचजना सवार रहेको इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए । उनका अनुसार हुम्लाबाट बुकिङमा पोखरा जान लागेका यात्रुहरुलाई लैजाने क्रममा मौसम खराबीका कारण दाङमा अवतरण गरेको हो । प्रहरी निरीक्षक सिंहका अनुसार बिहीबार बिहान मात्रै हेलिकोप्टर पोखराका लागि उड्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->