बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नगरको विकासमा क्याम्पसका बिद्यार्थीको रिर्सच जोडिने

नगरको विकासमा क्याम्पसका बिद्यार्थीको रिर्सच जोडिने


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८०, शुक्रबार

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरको विकासको गुरुयोजना तथा दिगो योजना निर्माण गर्न धौलागिरि बहुमुखी क्यामपसका बिद्यार्थीको सहयोग मागेका छन् । उनले हरेक वडाका संभावनाबारे रिसर्च गरेर प्रतिवेदन दिने र सोहीअनुसार अन्य बिज्ञ टोली राखेर नगरको गुरुयोजना बनाउन चाहेको बताए ।

धौलागिरि क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनले राखेको तिज बिशेष कार्यक्रम तथा खुला नृत्य प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै श्रेष्ठले युवाहरुलाई अध्ययनमा लगाउने, स्वदेशमै रोजगारी बन्ने अबसर सिर्जनाका लागि क्याम्पसले पनि वातावरण बनाउनु पर्ने धारणा राखेका थिए । ‘नगरपालिकाले पनि बिद्यार्थीलाई रिर्सचमा लगाउने नीति लिएको छ’ श्रेष्ठले भने, ‘बिद्यार्थीले पनि अध्ययन र रिर्सच गर्ने अबसर पाउने छन् ।’ नगरका १४ वटै वडाको गुरुयोजना बनाउने उनले बताए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय, त्रिवि प्राध्यापक संघका अध्यक्ष भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी संघका अध्यक्ष शिवराज पन्त, नेविसंघका जिल्ला अध्यक्ष बिशेष पराजुली, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्मा, अनेरास्ववियुका मतिप्रसाद पुन, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर लगायतले स्ववियुको अभियान र क्याम्पसमा भइरहेको पढाइको गुणस्तर सुधारबारे सुझावसहित शुभकामना मन्तव्य राखेका थिए ।

स्ववियु सभापति सुदिप सागर कंडेलको अध्यक्षता, सचिव अनिल शर्मा र कोषाध्यक्ष सृष्टी आचार्यको संचालन तथा उपसभापति दिपक सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रमपछि बागलुङ, पर्वत र म्याग्दीका बिद्यालय तथा क्याम्पसका केही टिम समेत गरी १४ टिमले नृत्य प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->