शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पत्रकार पौडेललाई यातायात पत्रकारीता पुरस्कार

पत्रकार पौडेललाई यातायात पत्रकारीता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८०, सोमबार

पोखरा / ‘यातायात व्यावसायिक पत्रकारीता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित हुन लागेका हुन् ।

पुरस्कार छनौट समितिले कान्तिपुर टेलिभिजनका उपसम्पादक पौडेललाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी २५ हजार रुपैया नगद रहेको छ । पुरस्कार संस्थाको साधारण सभाको अवसर पारेर प्रदान गरीने प्रालिका प्रबन्ध निर्देशक अमृत तिमिल्सीनाले जानकारी दिए ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष समेत रहेका पत्रकार पौडेल विगत १७ वर्षदेखि पत्रकारीता पेशामा क्रियाशिल छन् । पौडेलले यसअघि गोल्डेन आई टेलिभिजन, एभिन्यूज टेलिभिजन, पोखरा हटलाईन राष्ट्रिय दैनिक, पोखरा टेलिभिजन, गन्थन डटकम लगायतका संञ्चारमाध्यममा आवद्ध भई समाचार संकलन तथा सम्पादनको कार्य गरीसकेका छन् ।

पौडेल पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतीमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित हिमदुत पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत भईसकेका छन् । उनी विभिन्न सामाजिक संघ–संस्थाबाट समेत सम्मानित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->