बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उच्च अदालत बारलाई बागलुङ बेञ्चले गर्यो सम्मान

उच्च अदालत बारलाई बागलुङ बेञ्चले गर्यो सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८०, सोमबार

बागलुङ / उच्च अदालत बार एसोसिएसन बागलुङका पदाधिकारीलाई उच्च अदालत बागलुङले सम्मान गरेको छ । सर्बोच्च अदालतका न्यायाधिस आनन्दमोहन भट्टराइको उपस्थितिमा अदालतले पदाधिकारीलाई सम्मान गरेको हो ।

आइतवार आयोजित बार बेञ्च छलफल कार्यक्रमको अबसरमा भट्टराई सहित उच्च अदालत बागलुङका मुख्य भइ काम गर्ने कृष्ण गिरी, न्यायाधिसहरु तथा जिल्ला न्यायाधिस दिवाकर भट्टले बार अध्यक्षमा रमेशबहादुर खड्कासहितलाई सम्मान गरेका हुन् ।

अघिल्लो साता भएको अधिवेसनबाट उच्च अदालत बार एसोसिएसनमा अध्यक्षमा रमेशबहादुर खड्का, उपाध्यक्ष हरिकृष्ण सुवेदी, सचिवमा उमाशंकर शर्मा, सहसचिवमा लक्ष्मी जिसी कार्की र कोषाध्यक्षमा लक्ष्मी बास्कोटा निर्वाचित भएका थिए ।

उक्त अबसरमा न्यायाधिस भट्टराईले बागलुङको जिल्ला र उच्च अदालत राम्रो अदालतमा गनिएको बताए । उनले सेवा प्रवाह, न्याय सम्पादनको प्रसंसा गरे । निर्माणाधिन उच्च अदालतको भवनको समेत निरिक्षण गरेका उनले काम गुणस्तरीय र दुूतगतीमा भएकोमा समयमा सेवा प्रवाह गर्न सकिने बताए ।

सहभागिले बार बेञ्च मिलेर अगाडि बढ्दा न्याय सम्पादन चुस्त हुने भन्दै आमनागरिकलाई अदालत र न्याय प्रणालीमा विश्वस्त बनाउन पनि बार बेञ्चको सहकार्य आवस्यक भएको बताए । निर्वाचित अध्यक्षमा खड्काले न्याय सम्पादनमा अदालतलाई सघाउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->