शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सकियो वाटुलेचौर तीजमेला

सकियो वाटुलेचौर तीजमेला


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८०, मंगलबार

पोखरा/ पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीजमेला सम्पन्न भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले आ आफ्ना तिज गीत तथा नृत्य प्रस्तुत गरिएको र सोही कार्यक्रममा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुति रहने थियो ।

मेलामा पोखरा १६ र १९ वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए । सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद १० हजार र प्रमाणपत्र वितरण गरिएको छ । समूहलाई क्लवका अध्यक्ष सुशील वस्नेत, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, निवर्तमान अध्यक्ष मोहन थापा, संयोजक ताराप्रसाद तिमिल्सीना, मानार्थ सदस्य वेनी वहादुर वस्नेत लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका हुन् ।

विन्ध्यवासिनी मा.वि सम्मानित

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालय सम्मानित भएको छ । शिक्षा मन्त्रालयले गरेको शैक्षिक तथा भौतिकतर्फको मुल्यांकनमा सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ट पहिलो वन्न सफल भएकोले क्बलले सो सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->