बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा संविधान दिवश मनाइयो

बागलुङमा संविधान दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८०, बुधबार

बागलुङ/ आठौ संविधान दिवश बागलुङमा मनाइएको छ । संविधान दिवशको अबसरमा बुधवार प्रभातफेरी र प्रवचन कार्यक्रम गरिएको हो । कार्यक्रममा बागलुङका राजनीतिक दल, स्थानीय तह र कर्मचारी र सुरक्षा निकाय सहितको सरोकारवालाको सहभागिता थियो ।

बागलुङ नगरपालिका १ को सहिद पार्कमा आयोजित मुल समारोहमा वक्ताहरुले जनजिविकाको पक्षमा काम गर्न सकेमा मात्र संविधान दिवश मनाएको सार्थक हुने बताए । उनीहरुले संविधानमा लेखिएको कुराले मात्र जनताको समस्या समाधान नहुने भन्दै अक्षरलाई जीवनमा जोड्नुपर्ने धारणा राखेका थिए ।

संविधानसभाका सदस्य चम्पादेवी खड्काले संविधानले समावेशीता ल्याएको भन्दै महिला, दलीत, जनजाती समेतले अधिकार पाउन थालेको बताइन् । अर्का सदस्य नरबहादुर थापाले संविधानले समेटेको क्षेत्रलाई दलहरुले कार्यानवयनको पाटोमा लैजान नसकेको टिप्प्णी गरे । उनले कार्यान्वयन मार्फत संविधानलाइ उत्कृष्ठ बनाउनुपर्ने आबस्यकता औल्याएका थिए ।

गण्डकी प्रदेशसभा, नेकपा माओवादी केन्द्रकी सचेतक कुशुम बुढाले संविधान निर्माण अघिका संघर्ष र जनयुद्दको भावना अनुसार काम गर्न राज्यका निकाय सक्षम बन्नुपर्ने बताइन् । अर्का सदस्य डिल्लीराम सुवेदीले संविधान निर्माणले अधिकारको संस्थागत बिकास गरेपनि कर्तव्यलाई बोध गराउन नसकेको बताए । उनले सुनौला अक्षरको संविधान भन्दा जनताको जिविकामा सुनौला दिन ल्याउने कुरा महत्वपूर्ण हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको स्वागत र जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संविधान दिवशको औचित्य र वर्तमान अभ्यास बारे धारणा राखेका थिए ।

प्रवचन कार्यक्रम अघि सरोकारवालाले बागलुङ बजारमा प्रभातफेरी गरेका थिए । प्रभातफेरीमा स्थानीय आमा समूह, उद्यमी सहितको ¥यालीमा सेना, प्रहरी र सशष्त्र प्रहरी बलका जवान, सामुदायिक प्रहरी सेवाका प्रतिनिधि समेत सहभागि थिए । संविधान दिवशको अबसरमा कार्यालयहरुमा दिपाबली गर्ने, आफ्नो कार्यालय क्षेत्रमा सरफाइ गर्ने लगायतका कार्यक्रम समेत समावेश गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->