बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नगरको सफाइ अभियान बलेवातर्फ

नगरको सफाइ अभियान बलेवातर्फ


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८०, बुधबार

बागलुङ/सडक र खुला पार्क सफाइ अभियान थालेको बागलुङ नगरपालिकाले मंगलबारदेखि बलेवा क्षेत्रमा पनि सडक सफाइ र पुरिएका नाली निर्माणको काम थालेको छ ।
बागलुङ नगरपालिका वडा नं. १३ र १४ का झण्डै १ सय स्थानीय, नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, कर्मचारी सहित नेपाल प्रहरी र सशष्त्र प्रहरीको टिमले मालढुंगा कुश्मीसेरा सडक सफाइ गरेका हुन् । वडा नं. १३ को पाउजा सडकमा परेका खाडल पुर्ने, पुरिएका नाली खोल्ने, सडक छेउमा बढेको झाडी फाल्ने काम गरिएको छ ।

त्यस्तै, पाउजादेखि पानी ट्यांकी सम्मको सडक दायाँबायाँ उम्रेका झाडी र बुट्यानहरु फाँडेर सफाइ गरिएको छ । नगरपालिकाले जेसीबीसहित फोहोर फाल्ने ट्रिपरसमेत प्रयोग गरेर सफाइ गरेको थियो ।
सफाइ अभियानलाई वडा वडामा लैजाने अभियान स्वरुप बलेवा क्षेत्रले काम थालनी गरेको नगरप्रमुख श्रेष्ठले बताए । वडा नं. १३ ले ९ वटा टोल बिभाजन गरेर सबै टोलमा सफाइ अभियानलाई अगाडि बढाउने योजना बनाएको वडा अध्यक्ष नारायण पौडेलको भनाई छ ।

वडा नं. १४ को पानीट्यांंकीदेखि धापाखोला जाने सडकमा खसेको पहिरो पन्छाउन जेसीबी चाहिने भएको छ । अन्यत्र भने स्थानीयले नै सफाइ गर्ने तयारी गरेका छन् । वडा नं. १२ को पनि केही खण्डमा सडक सफाइ गर्ने योजनामा छन् । त्यस बाहेक ग्रामिण सडक सफाइ गर्ने, गोरेटा बाटो खुलाउने लगायतका काम पनि गर्ने अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

सफाइ अभियानमा हिंडेका नगरपालिकाको टोलीलाई दब्ल्याङको पहिरोले रोकेपछि सबै जना हिंडेर बलेवा गएका थिए । उक्त पहिरोले कालीगण्डकी करिडोरसहित तीनवटा सडक भत्केको थियो । जेसीबीले तीन घण्टामा सडक खुलाएको थियो । सडक अबरुद्ध हुँदा दक्षिण बागलुङबाट आएका दर्जनौं सवारी साधन रोकिएका थिए । तिज मानेर फर्केका धेरै महिला समयमा गन्तव्यमा पुग्न सकेनन् । दक्षिणबाट ल्याइएको दूध र तरकारी समयमा पु¥याउन नपाएको स्थानीयले गुनासो गरे ।

यो सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारले ५ करोड लागतको योजना बनाएको छ । तर ठेक्का लगाएको छैन । दैनिक खस्ने पहिरोले दुर्घटनाको जोखिम छ । नयाँ योजनामा पायल्स फाउण्डेसन बनाएर पहिरो रोक्ने लक्ष छ । यो सडकमा दैनिक २ सयबढी जिप र मालबाहक पिकअप बिहान सदरमुकाम आउने र बेलुकी फर्कने गरी गुड्छन् । बर्षात लागेपछि केही स्थानमा निर्माणको काम भैरहेकोले करिडोरको लामो यात्रा गर्ने बस भने चलेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->