शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

डागर स्मृति पुरस्कार मनिषालाई

डागर स्मृति पुरस्कार मनिषालाई


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८०, शुक्रबार

पोखरा/डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्धा लाई प्रदा नगरिएको छ । डागर स्मृति प्रतिष्ठान नेपालले ८ औं साधारणसभाको अवसर पारेर उक्त पुरस्कार प्रदान गरेको हो । उनलाई नगद १० हजार पाँच सय रुपैयाँ सहित पुरस्कृत भएकी हुन् । प्रतिष्ठानले सोही अवसरमा अग्रज समाजसेवी प्रेमचन्द उपाध्यायलाई सम्मान समेत गरेको छ ।

प्रतिष्ठानको विधान दफा १० उपदफा ५ बमोजिम मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका प्रतिभालाई अर्पण गरिने उक्त डागर स्मृति संरक्षक सम्मान व्यवसायी समेत रहेका उपाध्यायलाई अर्पण गरिएको हो ।

युवा वैज्ञानिक मनिष विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत छिन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक समेत रहेकी उनी नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक र परियोजना संयोजकसमेत हुन् । समाजसेवी उपाध्याय पोखराको ब्राण्ड बनेको न्यू मारवाडी सेवा भोजनालयका संस्थापक हुन् ।

दुई प्रतिभालाई गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. टुमाया घले, वरिष्ठ साहित्यकार सरुभक्त, पुरस्कार संस्थापक रमा पराशर र संस्थापक अध्यक्ष हिरादेवी बास्तोलाले संयुक्त रूपमा पुरस्कार तथा सम्मान अर्पण गरे ।

कार्यक्रममा प्रा.डा. टुमाया घलेले एउटी नारीको साहसले अर्की नारी पुरस्कृत हुनु गौरवको कुरा भएको बताइन् । उनले प्रतिष्ठान सामाजिक सेवामूलक गतिविधिमा क्रियाशील रहेकाले प्रतिष्ठानले कुनै स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गरेमा गण्डकी मेडिकल कलेजकातर्फबाट निःशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

वरिष्ठ साहित्यकार सरुभक्तले सत्यको अन्वेषणमा लागेकी खगोल विज्ञानकी प्रतिभाको योगदानलाई पुरस्कृत गरेर प्रतिष्ठानले सराहनीय कार्य गरेको बताए । साथै, उनले प्रतिष्ठानकी संस्थापक रमा पराशरलाई पोखरेली साहित्यमा हिन्दी साहित्य प्रवेश गराउने पोखरेली चेलीका रूपमा पनि चिनाए ।
पूर्व सम्मानित स्रष्टा भीम रानाभाटलगायतले पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, सुमल गुरुङ, मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा. तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसकेको अवस्थामा आफूलाई प्राप्त पुरस्कारको प्रेरणाले लेखनका हरेक पल प्रतिष्ठानको स्मरण हुँदै आएको धारणा राखे ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ जेका पूर्व गभर्नर योगेन्द्र प्रधान, लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष शर्मिला श्रेष्ठ, कलम साकोसका अध्यक्ष अर्जुन पोखरेल, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की अध्यक्ष कविन्द्र पोखरेलले डागर र रमा पराशरको जीवनकथा तथा व्यक्तित्व माथि प्रकाश पार्दै पराशर परिवारको सत् कर्म नै आफ्नो संगतमा रहेका सम्पूर्ण पोखरेलीका लागि प्रेरणाको स्रोत बनेको भन्दै प्रशंसा गरे ।
रमा पराशरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले संस्था तथा स्रष्टा परिचय राखेका थिए । सचिव असफल गौतमले आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष पुष्पकुमारी आचार्यको स्वागत मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->