बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्तराष्ट्रिय सांङ्केतिक भाषा दिवस मनाईयो

अन्तराष्ट्रिय सांङ्केतिक भाषा दिवस मनाईयो


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८०, शुक्रबार

बागलुङ/ बागलुङमा शुक्रबार अन्तराष्ट्यि सांङ्केतिक भाषा दिवस मनाईएको छ । बागलुङ बहिरा संघले दिवस मनाएको हो ।
“संसार, जहाँ बहिरा नागरिकहरुले जहिले पनि सङ्केत गर्न सक्छन” भन्ने नाराका साथ प्रभात फेरी गरिएको थियो । लोकतान्त्रिक चोकमा आयोजना गरिएको कोण सभामा बक्ताहरुले सांकेतिक भाषाको प्रयोग र सहजताका बिषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सांङ्केतिक भाषा सवैका लागि जरुरी रहेको बताउदै यो भाषाले सवैको मन जोड्ने बताए । सांङ्केतिक भाषाका लागि गत बर्ष पनि नगरपालिकाले तालिम संचालन गरेको र यो बर्ष पनि तालिम गर्ने उनले बताए । शैक्षिक, स्वास्थ्य तथा सार्वजनिक महत्वका क्षेत्रहरुमा सांकेतिक भाषा सिकेका जनशक्ति आवश्यक देखिएको उनको धारणा थियो ।

बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व नगर प्रमुख जनकराज पौडेल, धौलागिरी बहिरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.वी राना, सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख गोमादेवी शर्मा, शारीरिक आपाङ्कता संघका अध्यक्ष होमनाथ शर्मा लगायतले सांङ्केतिक भाषा तालिमको आवश्यकता र महत्वकाबारेमा बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->