शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखराका टेक टायल अपाङुगमैत्री नभएको गुनासो

पोखराका टेक टायल अपाङुगमैत्री नभएको गुनासो


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८०, शनिबार

पोखरा/ फरक क्षमता भएका (अपाङ्गता) नागरिकहरुले पोखरामा निर्माण भइरहेका अपाङ्गमैत्री सडकपेटी (टेक टायल) आफुहरुको हितमा नभएको गुनासो गरेका छन् । उनीहरुले सडक तथा सार्वजानिक यातायातमा सास्ती खेप्दै आइरहँदा पछिल्लो समय पोखरामा बनिरहेका टेक टायल कसका लागि बनाएको भन्ने निर्माण गर्नेलाई थाहै नभएको पनि बताएका छन् । उनीहरु अपाङ्गता स्वालम्बन विकास संघ(डिडा), आइएनएफ नेपालले पोखरामा आयोजना भएकोे सबैका लागि पहुँचयुक्त यातायात विकाससम्बन्धी कार्यक्रममा बोल्दै थिए । उनीहरुले सार्वजनिक यातायात अपाङ्गतामैत्री नभएको गुनासोसमेत गरे । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष खेमलाल सुवेदीले राज्यले बनाएका कानुन अपाङ्गता भएका नागरिकमैत्री नभएको गुनासो गरे । उनले राज्यले व्यवस्था गरेका सेवा सुविधाहरु अपाङ्गता भएका व्यक्तिका लागि मात्र नभई बालबालि तथा जेष्ठ नागरिकका लागिसमेत हितकारी नभएको भनाई राखे ।

‘पोखरा सडकमा अहिले दृष्टिविहीनका लागि टेक टायल राखिएको छ, त्यो किन राखिएको हो भन्ने निर्माण गर्नेलाई नै थाहा छैन,’ सुवेदीले भने, ‘पोखराका सडक अपाङ्गता भएका नागरिकसँगै बालबालिका र ज्येष्ठ नागरिकको हितमा छैन । पोखराका केही चोकहरुमा ट्राफिक लाइट राखिँदैछ । सबैको पहुँचमा दीगो विकास हुन आवश्यक छ ।’ ट्राफिक लाइटसँगै दृष्टिविहीन नागरिकहरुको लागि सडकमा रोकिदा र सडक क्रस गर्ने समयमा संकेत गर्ने साउण्ड बक्स राख्नु अनुरोध गरे ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले पोखराका सडक व्यवस्थापन निकै कमजोर रहेको बताए । उनले सडक पेटी निकै अव्यवस्थित रहेको सुनाए । उनका अनुसार सडक तथा सडकपेटी अपांगता भएका व्यक्तिका लागि मात्र नभइ पर्यटकका लागि समेत समस्याको विषय रहेको सुनाए । ‘पोखराका सडक अपाङ्गतामैत्री भएन भन्ने गुनासो आएको छ । त्योसँगै पर्यटकमैत्री भएन भन्ने पनि छ । अबका सडक निर्माण गर्दा र निर्माण भएका सडकलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘हिजोको व्यवस्थामा अपाङ्गता मात्र होइन, सपाङ्ग व्यक्तिको समेत हक अधिकार खोसिएको थियो । अबको व्यवस्थामा संरचनाहरु अपाङ्गमैत्री हुन जरुरी छ र बन्छ पनि ।’

रुद्र खत्रीले सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माण नगर्दा शारीरिक अपाङ्गता भएका नागरिकले सेवा लिन निकै संघर्ष गर्नुपरेको बताए । राज्यले यातायात सम्बन्धि नीति नियम अपांगमैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->