सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८०, शनिबार
(230923) -- HANGZHOU, Sept. 23, 2023 (Xinhua) -- This photo shows an exterior view of Hangzhou Olympic Sports Center before the opening ceremony of the 19th Asian Games in Hangzhou, east China's Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Xia Yifang)

हाङजाउ/ एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए ।

(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Meng Yongmin)

चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।

त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।

एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।

कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ । कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ ।

एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।

उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो । प्रविधिको शहरको रुपमा चिनिने हान्झाउलाई पहाड र तालको शहर समेत भनिन्छ । वेस्ट लेक यहाँको चर्चित ताल हो ।

(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Hangzhou Olympic Sports Center Stadium is lighted before the opening ceremony of the 19th Asian Games in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Wu Zhuang)

अहिलेसम्मकै ठूलो एसियाड

चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा एसियाका पूरै ४५ देश सहभागी छन् भने १२ हजार भन्दा धेरै खेलाडीको सहभागिता रहेको छ ।

एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो ।

(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Du yu)

सन् १९५१ मा छिमेकी भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो । एसियाडमा ४० खेलको ४८१ इभेन्टहरु समावेश गरिएको छ । जसका लागि ५४ खेल स्थल प्रयोग हुनेछ भने १४ नयाँ निर्माण गरिएको छ ।

(230923) — BEIJING, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Pan Yulong)

तस्वीरहरु : सिन्ह्वा/रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->