शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कांग्रेस महाधिवेशन- मतदान समय बेलुका ७ बजेसम्म

कांग्रेस महाधिवेशन- मतदान समय बेलुका ७ बजेसम्म

गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत खसेको छ।


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८३, शुक्रबार

काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ।

निर्वाचन समितिले शुक्रबार अपराह्न सूचना जारी गर्दै यसअघि अपराह्न ५ बजेसम्मका लागि तोकिएको मतदानको समय थप गरी बेलुका ७ बजेसम्म कायम गरिएको जनाएको हो।

काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा रहेका मतदान स्थलमा आज बिहानदेखि मतदान सुरू भएको थियो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै सम्पूर्ण महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई मतदानको समय थप गरिएको जानकारी गराएका छन्।

अपराह्न ४स्३० बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ।

साँझ ४.३० बजेसम्मको विवरणअनुसार बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। त्यस्तै, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ।

कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको विवरण जोड्दा कुल ४ हजार ५७५ मत खसेको छ। गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत खसेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->