बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार ढोरपाटनकर्मी मिश्रलाई

पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार ढोरपाटनकर्मी मिश्रलाई


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८०, आइतबार

पोखरा/ पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट ढोरपाटनकर्मी  पत्रकार वाशुदेव मिश्र पुरस्कृत भएका छन् ।

पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर कार्यरत मिश्रलाई संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ संयोजक रहेको छनोट समितिले आर्थिक पत्रकाििरतामा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको थियो । छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका वर्तमान अध्यक्ष विमला भण्डारी, पूर्वअध्यक्ष पुण्य पौडेल, पोउवा संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य र कार्यसमिति सदस्य माधव बस्ताकोटी सदस्य रहेका थिए ।

संघको ६९ औँ वार्षिक अधिवेशनको क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मानित गरेका हुन् ।पुरस्कारमा सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ पनि समावेश छ । सो पुरस्कारबाट यसअघि पत्रकारहरु सन्तोष पोखरेल,रुपनारायण ढकाल,भरत कोइराला र लालप्रसाद शर्मा सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->