नेपालले टेनिस तर्फ इष्ट टिमोरलाई पहिलो चरणमा हराएको छ । नेपाली राष्ट्रिय टेनिस खेलाडी प्रदिप खड्काले पुरुष एकल तर्फ इष्ट टिमोरका
इन्टोनियो मेन्डेसलाई २–० को सेटमा हराएका हुन् ।
पहिलो सेट ६–० र दोस्रो सेटमासमेत ६–० कै जित हासिल गरेका हुन् । दोस्रो खेलमा उनले जापनको सामना गर्नेछन् । यस्तै डबल्स तर्फ भारतसँग ६–२, ६–३ को हार व्यहोरेको छ । प्रदीप गण्डकी प्रदेशका खेलाडी हुन् । देशलाई मेडल दिलाउने लक्ष्यका साथ खेलिरहेको उनले बताए ।





