शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स हुने

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स हुने


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८०, सोमबार

पोखरा/स्टार्स स्टुडियो पोखराको प्रस्तुतिमा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजका क्लब एडभाइजर लक्ष्मी थापा गिरीले ‘रोटरी ÷ रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ कार्यक्रमको घोषणा गरेकी थिइन् ।

प्रतियोगितामा रोटरी वा रोट्याक्ट मा आवद्ध भएको जुनसुकै उमेर समुहले भाग लिन सक्नेछन् । प्रतियोगितामा रोटरी र रोटरी बिच एकल नृत्य तथा रोट्याक्ट–रोट्याक्टबिच सामुहिक नृत्यमा प्रतिष्पर्धा हुनेछ ।

जुनसुकै नेपाली गीतमा नृत्य गर्नपाइएपनि लोक विधालाई प्राथमिकता दिइनेछ । सामुहिक नृत्यको लागि थोरैमा ४ जना र बढीमा १२ जना सम्म रहन सक्नेछन् । नृत्यको समयावधि थोरैमा ३ मिनेट र बढीमा ६ मिनेट सम्म राख्न सकिनेछ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार भने आयोजकमा निहित हुनेछ ।

स्टार्स स्टुडियो र स्टार्स फाउण्डेशनको संयुक्त आयोजनामा गरिने यस प्रतियोगिताको फाइनल आगामी मंसिर १६ गते गरिनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->